ताजा समाचार

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं ।आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org