ताजा समाचार

कश्मीरमा ट्रक दुर्घटना हुँदा तीन भारतीय सेनाको मृत्यु

काठमाडौं । भारतको जम्मु कश्मीरमा भारतीय सेनाको ट्रक खोँचमा खस्दा तीन सैनिकको ज्यान गएको छ ।

जम्मु कश्मीरको रामवान जिल्लास्थित ब्याट्री चश्मा भन्ने ठाउँको सडकमा गुडिरहेको ट्रक २–३ सय मिटर तल खोँचमा खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटना आइतबार स्थानीय समयअनुसार दिउँसो साढे ११ बजेतिर भएको हो । उक्त सवारी जम्मुबाट राजधानी श्रीनगरतर्फ गइरहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

मारिनेमा मृतकको शव रामवन जिल्ला अस्पताल पुर्‍याइएको छ । मारिनेमा भारतीय सेनाका सिपाइहरु अमित कुमार, सुजित कुमार र मन बहादुर रहेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org