ताजा समाचार

आकाशियो सुनको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमडौं । आज मंगलबार नेपाली बजारमा (आज) सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।

यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org