नीति तथा कार्यक्रम ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’–स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापती तथा प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले ‘उपादयता धेरै नभए पनि परम्परा धान्ने’ काम नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।
आज, मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले विगत १२ वर्षदेखि नीति तथा कार्यक्रम सुन्दै आएको बताए । ‘यो मैले १२ वर्षदेखि चाल लिएर सुन्दै आएको कुरा हो । जो कर्मकाण्डमै सीमित छ,’ वाग्लेले भने ।
निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने उनले बताए । यस वर्षको नीति तथा कार्यक्रम सुनिसकेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको स्मरण गरे ।
यसको कारण खोतल्दा पनि नीति तथा कार्यक्रमको उपादयता नभेटिने उनको भनाइ छ । त्यस्तै, वाग्लेले कांग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता समेत मजाकजस्तो भएको टिप्पणी गरे । सरकार दुई दलबीचको सम्झौता अनुसार अगाडि बढ्न नसक्दा सम्झौतापत्रमा लेखिएका बुँदाहरु मजाकजस्तो भएको उनको बुझाई छ ।
वाग्लेले देशमा आर्थिक तथा प्राकृतिक संकट हुँदा मात्र देशका दुई प्रमुख दल मिल्ने परम्परा रहेपनि वर्तमान सरकारले जनतामा कुनै उत्साह दिन नसेको दाबी गरे । वाग्लेले नीति तथा कार्यक्रममा सरकारले संविधान संशोधन र अर्थतन्त्र सुधारको कुनैपनि कार्यक्रम नराखिएको बताए ।
सरकारको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलकै नेताहरु समेत सन्तुष्ट नरहेको उनको टिप्पणी छ । नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरि कार्यान्वयनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












