ताजा समाचार

सुनको मूल्यमा भारि वृद्धि

काठमाडौं । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएर सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।

मंगलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org