हुम्ला ६७ औ साक्षर जिल्ला घोषणा !
काठमाडौं । कर्णाली प्रदेशको हुम्ला जिल्ला साक्षर घोषणा भएको छ ।
‘साक्षरता हाम्रो गौरव,साक्षर जिल्ला हाम्रो उपब्धी’ नाराका साथ नेपालको ६७ औ कर्णाली प्रदेशको ८ औ साक्षर हुम्ला जिल्ला घोषणा भएको छ । २०७६ राष्ट्रिय मापदण्डअनुसार देशको ६७ औ साक्षर जिल्ला हुम्ला घोषणा गरिएको हो।
१५ देखि ६० उमेरका नागरिकहरूको साक्षरता ९७ दशमलव ०४ प्रतिशत मापदण्ड पूरा भएपछि देशको ६७ औ र कर्णाली प्रदेशको ८ औ जिल्ला हुम्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका कार्यालय प्रमुख योगेश आलेमगले जानकारी दिए।
सात वटै गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएसँगै हुम्ला पनि साक्षर जिल्ला घोषणा भएको प्रमुख आले मगरले बताए । १५ वर्षमाथी जिल्लाको ३५” हजार ३५४ मध्ये ३३ हजार ९५४ जनसङ्ख्या साक्षर भएको आले मगरको भनाई छ।
जनसङ्ख्या १४ सय नागरिक निरक्षर रहेका छन्। कर्णाली प्रदेशको ८ औ जिल्ला हुम्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । भने कर्णाली प्रदेशका कालिकोट, र डोल्पा साक्षर जिल्ला घोषणा हुन बाँकी छन्।
Comments
अरु समाचार
-
यातायात व्यवसायीसँग छलफल गर्न १२ सदस्यीय वार्ता समिति गठन !
काठमाडौं । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक...
-
२०८२ वर्षको विपद्: २० लाख नागरिक प्रभावित हुने अनुमान
काठमाडौं । यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार...
-
देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टामा कास्की, रौतहट र सप्तरीमा ठूलो पानी...
-
कक्षा १२ को परीक्षामा ७३ वर्षीया हजुरआमा पनि सहभागि
काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा काठमाडौं तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा...
-
आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३को नीति तथा कार्यक्रम प्रतिनिधिसभार राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको छ । आज,...
-
आजबाट खुले सरकारी विद्यालय
काठमाडौं । काठमाडौंमा देशभरका शिक्षकहरुले शिक्षा ऐनको माग गर्दै गरेको करिब एक महिना लामो शिक्षक आन्दोलन सरकार सँगको सहमतिमा स्थगित...
-
आज काठमाडौंसहित देशका पहाडी जिल्लामा धुमधामकासाथ होली मनाइँदै
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग हर्षोल्लासका साथ मनाइँदै छ । फागुन शुक्ल...
-
आजबाट होली सुरु
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । आज बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएपछि विधिवत रुपमा होली...
-
सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको...