ताजा समाचार

प्रधानमन्त्रीलाई गगनको सुझाव: ‘आइन्दा त्यस्ता कुराहरु नदोहोरियोस्’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले बागमती प्रदेशका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए ।

सोहि निर्देशनलक्षित गर्दै कांग्रेस महामन्त्री थापाले आगामी दिनमा यस्तो प्रकारको उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकार्षण गराएका हुन् ।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो भनेका हुन् ।

‘कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । जे जस्ता कुराहरु बाहिर सुनियो, आइन्दा त्यस्ता कुराहरु नदोहोरियोस्’, उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org