सवारी दुर्घटनामा परी एकै परिवारको तीन जनाको मृत्यु
काठमाडौं । वीरगन्जमा गएराति भएको सवारी दुर्घटनामा परी एकै परिवारको तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाटी निवासी धर्मराज महतोकी श्रीमती, आमा र पाँच महिनाका छोराको मृत्यु भएको हो ।
पाँच महिनाका छोराको उपचारका लागि भारतको रक्सौल गएका महतो परिवार मोटरसाइकलमा घर फर्किने क्रममा सीमावर्ती छौडादानोस्थित बखरीटोल नजिक उक्त दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका धर्मराज महतोको हाल भारतको मोतिहारीस्थित अस्पतालमा उपचार भइरहेको छ, र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
धर्मराज महतो विपन्न परिवारका सदस्य भएको जानकारी दिँदै पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंहले उपचार तथा परिवारका अन्य खर्चका लागि महतोलाई आर्थिक अभाव भएको बताए ।
मानवताको आधारमा आफूले १ लाख रुपैयाँ नगद सहयोग गरिसकेको जनाउँदै नगर प्रमुख सिंहले थप सहयोगका लागि सबै दातासमक्ष अपिल समेत गिरेका छन् ।
Comments
अरु समाचार
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...












