वर्षासँगै अवरुद्ध भएको बीपी राजमार्ग सुचारु, कटान र लेदोले सास्ती
बनेपा- आइतबार साँझको अविरल वर्षासँगै आएको लेदो र बाढीले अवरुद्ध भएको बीपी राजमार्ग सोमबार बिहानबाट पुनः सुचारु भएको छ। काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ११ स्थित माम्ती खोलामा आएको लेदो तथा भेलले राजमार्ग दुई स्थानमा पूर्णरूपमा अवरुद्ध बनाएको थियो।
एकै रात दुई स्थानमा क्षति
आइतबार साँझ करिब साढे ६ बजे पिन्थलीमा खहरे खोलाले बगाएको लेदोले राजमार्ग अबरुद्ध गर्यो। त्यसको केही समयपछि, राति १०:३५ बजे माम्ती खोलामा आएको भेल बाढीले सडक नै कटान गरेपछि यातायात पूरै ठप्प भएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, पिन्थली खण्ड सोमबार बिहान ५:५५ बजेबाट र माम्ती खण्ड ६ बजेबाट पुनः सञ्चालनमा आएको हो।
पुनः अवरुद्ध हुने जोखिम कायमै
गत असोजमा आएको बाढीले कटुन्जेदेखि सिन्धुलीको सिमाना बोक्सी कुना खण्डसम्मको २९ किलोमिटर राजमार्गमा ठुलो क्षति पुगेको थियो। त्यसयता, सामान्य वर्षा भए पनि सो क्षेत्रमा सडकमै लेदो पस्ने र कटान हुने समस्याले पुनःपुनः राजमार्ग अवरुद्ध हुने जोखिम देखिएको छ।
सुरक्षाका लागि २१ उपकरण खटाइयो
सडक डिभिजन कार्यालय भक्तपुरले सम्भावित बाढी तथा पहिरोका कारण राजमार्ग नियमित अवरुद्ध नहोस् भनेर २१ वटा हेभी उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ। राजमार्गको अवस्थाले वर्षायाममा यात्रा गर्ने यात्रुहरूलाई सर्तकता अपनाउन सुझाव दिइएको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












