वर्षासँगै अवरुद्ध भएको बीपी राजमार्ग सुचारु, कटान र लेदोले सास्ती
बनेपा- आइतबार साँझको अविरल वर्षासँगै आएको लेदो र बाढीले अवरुद्ध भएको बीपी राजमार्ग सोमबार बिहानबाट पुनः सुचारु भएको छ। काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ११ स्थित माम्ती खोलामा आएको लेदो तथा भेलले राजमार्ग दुई स्थानमा पूर्णरूपमा अवरुद्ध बनाएको थियो।
एकै रात दुई स्थानमा क्षति
आइतबार साँझ करिब साढे ६ बजे पिन्थलीमा खहरे खोलाले बगाएको लेदोले राजमार्ग अबरुद्ध गर्यो। त्यसको केही समयपछि, राति १०:३५ बजे माम्ती खोलामा आएको भेल बाढीले सडक नै कटान गरेपछि यातायात पूरै ठप्प भएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, पिन्थली खण्ड सोमबार बिहान ५:५५ बजेबाट र माम्ती खण्ड ६ बजेबाट पुनः सञ्चालनमा आएको हो।
पुनः अवरुद्ध हुने जोखिम कायमै
गत असोजमा आएको बाढीले कटुन्जेदेखि सिन्धुलीको सिमाना बोक्सी कुना खण्डसम्मको २९ किलोमिटर राजमार्गमा ठुलो क्षति पुगेको थियो। त्यसयता, सामान्य वर्षा भए पनि सो क्षेत्रमा सडकमै लेदो पस्ने र कटान हुने समस्याले पुनःपुनः राजमार्ग अवरुद्ध हुने जोखिम देखिएको छ।
सुरक्षाका लागि २१ उपकरण खटाइयो
सडक डिभिजन कार्यालय भक्तपुरले सम्भावित बाढी तथा पहिरोका कारण राजमार्ग नियमित अवरुद्ध नहोस् भनेर २१ वटा हेभी उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ। राजमार्गको अवस्थाले वर्षायाममा यात्रा गर्ने यात्रुहरूलाई सर्तकता अपनाउन सुझाव दिइएको छ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












