ताजा समाचार

उच्च अदालतलका न्यायाधीश लम्सालले दिए पदबाट राजीनामा

काठमाडाैं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले कार्यकाल एक वर्ष बाँकी हुँदै पदबाट राजीनामा दिएका छन् ।

न्यायाधीश लम्सालले बिहीबारदेखि लागू हुने गरि न्याय परिषद्मा राजीनामा बुझाएका हुन् ।

उनी हाल उच्च अदालत, विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत थिए। २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका लम्सालको उमेर हदले अझै एक वर्ष कार्यकाल बाँकी थियो। उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरसम्म सेवामा रही काम गर्न पाउँछन् ।

न्यायाधीश लम्सालले स्वास्थ्य अवस्था र घरायसी कामका कारण राजीनामा दिएको बताएका छन् । उनको राजीनामा सँगै अब उच्च अदालतमा २७ न्यायाधीश पद रिक्त भएका छन्। यीमध्ये २ मुख्य न्यायाधीशका पद छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org