पानी नपर्दा खेतमा चिरा पर्न थाल्यो, किसान चिन्तित
काठमाडौं । असार महिनामा समेत वर्षा नहुँदा पश्चिम नवलपरासीमा भर्खर रोपेको धान खेतमा चिरा पर्न थालेको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका किसानहरू अहिले धान रोपेको खेत सुख्खा भएपछि चिन्तित बनेका छन् ।
जिल्लामा अधिकांश स्थानमा धान रोपाइ सकिएको छ । पानी नपर्दा खेतमा चिरा परेको छ भने भर्खर रोपेको धान पहेँलिन थालेको छ । कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रवीन्द्रनाथ चौवेले वर्षा नहुँदा धानको वृद्धि विकासमा असर पर्ने र गाज हाल्न नसक्दा उत्पादन कम हुने जोखिम रहेको बताउनुभयो । खेत सुख्खा हुँदा धेरै झारपात उम्रने र धान बालीलाई असर गर्ने सम्भावना समेत हुन्छ ।
जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । धान रोप्न बाँकी भएका किसान पनि खेतमा तयार भएको ब्याड सुक्न थालेपछि चिन्तित भएका छन् । सुनवल–२ का कृषक हरिलाल गुप्ताले दुई बिगाहा खेतमा धान रोप्न बाँकी रहेको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कुलो व्यवस्थापन गरिदिएका कारण गाउँमा केही स्थानमा रोपाइ भएको भए पनि पानी नपर्दा कुलोमा पनि पानी सुक्न थालेको गुप्ताले बताउनुभयो ।
किसानहरूले खाल्डाखुल्डीमा जमेको पानी तानेर रोपाइ गरेको भए पनि पर्याप्त वर्षा नहुँदा रोपेको धान सुक्दै गएको छ । पश्चिम नवलपरासी सहित तराईका जिल्लामा केही दिन देखि चर्को घाम लागेको छ । जिल्लामा तिनै तहका सरकारले सिँचाइ पूर्वाधार निर्माण गरेको भए पनि त्यो पर्याप्त हुन सकेको छैन । जिल्लामा अझै आधा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको अभाव छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
बाढी प्रभावित असाहय बालबालिकाको भविष्य बनाउन भारत–नेपालका दुई फाउन्डेसनको सहकार्य
पोखरा। रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्न भारतको डा....
-
वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी ‘जनकराज कालाखेती’लाई
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा नायब महाप्रबन्धक जनकराज कालाखेती तोकिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई...
-
चीनले तेस्रो पटक पठायो राहत सामग्री, १० फरेन्सिक विज्ञ पनि आइपुगे
काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको...
-
शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै साढे तीन अर्बको कारोबार
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६६ अङ्कले बढेर...
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...
-
फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा...
-
नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख...












