ताजा समाचार

सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

सप्तरी । सप्तरीमा रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । ज्यान गुमाउनेमा सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँका ४५ वर्षीय बालेश्वर खंग मण्डल र उहाँकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिनुभयो ।

दुवै जनाको आज बिहान विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट ज्यान गएको हो । आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उहाँलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । त्यसै क्रममा करेन्ट लागेपछि दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org