ताजा समाचार

यस्तो छ चितवनमा लोडसेडिङ तालिका !

काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेसँगै आजबाट लोडसेडिङ सुरु भएको हो ।

प्रधिकरणका अनुसार अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको हो। वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर(शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।

वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२–३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था रहेको छ । तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।

यस्तो छ लोडसेडिङ तालिका

१. नारायणी-माडी फिडरहरूः बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ।

२. मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू ः बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म ।

३. जगतपुर–रामपुर फिडरहरूः दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org