ताजा समाचार

चिर्पट प्रहार गरेर श्रीमतीको ह*त्या

काठमाडौं । वीरेन्द्रनगर–१३, करेखोलामा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ४२ वर्षीय दानसिंह ठाडा मगरले दाउराको चिर्पट प्रहार गरेर ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका हुन् ।

हत्या लगत्तै ठाडा मगरले प्रहरीलाई स्वयं फोन गरी घटनाको जानकारी दिँदै आफूलाई पक्राउ गर्न आग्रह गरेका थिए । प्रहरीको भनाइअनुसार उनले प्रहरीको नम्बर माग्न वडाध्यक्षलाईसमेत सम्पर्क गरेका थिए ।

घटनाको जानकारी पाएपछि नगर प्रहरी र करेखोला प्रहरी चौकीबाट पुगेको टोलीले ठाडा मगरलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मोहनजंग बुढाथोकीले जानकारी दिए।

हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र घटनास्थलमा थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org