ताजा समाचार

आगलागीमा महिलाको मृत्यु

काठमाडाैं । गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार विकको ढुङ्गा माटोले बनेको एक तल्ले कच्ची घरमा अचानक आगलागी हुँदा मानसिक सन्तुलन ठिक नभएकी छोरीको मृत्यु भएको हो । आगलागी स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org