नारायणी नदीमा हाम फालेर दुई जना बेपत्ता
काठमाडौं । नारायणी नदीमा एकै दिन दुई जना हाम फालेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका–५ कुसमुघाट निवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वडा नम्बर १ स्थायी घर भएका ५९ वर्षीय मिठा गिरी नदीमा हाम फालेर बेपत्ता भएका हुन्।
श्रेष्ठले मङ्गलबार बिहान र गिरीले मङ्गलबार राति नारायणघाट र गैँडाकोट जोड्ने नारायणी नदीको गैडाकोट २ तर्फको पुलबाट हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपलले जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुबैको खोजी कार्य जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । श्रेष्ठले साइकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेको प्रहरीको भनाइ छ ।
कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आदेशले बिहानै घरबाट कसैलाई केही नभनी निस्केका परिवारलई उदृत गर्दै प्रहरी नायब उपरीक्षक नेपालले बताए । उनका बुबा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...












