ताजा समाचार

बाेलेराे दुर्घटनामा परेर ११ जनाकाे मृत्यु

काठमाडाैं । छिमेकी मुलुक भारतको उत्तरप्रदेश स्थित गोंडामा बोलेरो दुर्घटनामा पर्दा ११ को मृत्यु भएको छ।

बोलेर नियन्त्रण बाहिर पुग्दै सरयू नहरमा खस्न पुग्दा ठूलो मात्रामा मानविय क्षति भएको हो। यो बोलेरोमा अधिकांश एकै परिवारका रहेको जनाइएको छ।

कुल १५ जना सवार रहेको बोलेरो पृथ्वीनाथ मन्दिरमा जल चढाउनका लागि भक्तजन लिएर गइरहेको थियो। दुर्घटना मोतीगन्ज ठाना क्षेत्रमा भएको थियो। स्थानीय मानिसहरुले पुलिसलाई दुर्घटनाको सूचना दिएका थिए।

सूचना पछि घटनास्थल पुगेको पुलिसले स्थानीयसँग मिलेर सबहरु नहरबाट बाहिर निकालेको थियो। मृतकहरुमा पुरुष महिला र बच्चाहरु पनि रहेको जनाइएको छ।

घटनाको भिडियोमा मानिसहरुले सिपीआर दिएर घाइतेहरुलाइ बचाउने प्रयास गरिरहेको देखिन्छ। तर कसैको पनि होस् आउन सकेन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org