ताजा समाचार

महाकाली नदीको बहाव १ लाख ६८ हजार ३४४ क्युसेक

काठमाडाैं । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-११ गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव वृद्धि भएको छ।

आज आइतबार बिहान करिब १०ः०० बजे नदीको बहाव १ लाख ६८ हजार ३ सय ४४ क्युसेक पुगेपछि नेपाल-भारत जोड्ने बनबासा पक्की पुल हुँदै चार पाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

महाकाली नदीमा बहावको मात्रा बढ्दै गएकाले जोखिम न्यूनीकरणका लागि सवारी आवागमन बन्द गरिएको बताइएको छ ।

अहिले पनि नदीमा पानीको सतह उच्च रहेकोले थप सतर्कता अपनाउन नदी तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org