ताजा समाचार

गुल्मीमा खोलाको भेलले कार बगायाे

काठमाडाैं । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–६ उर्लीखोलामा डहरे खोलामा आएको पानीको भेलले एक कार बगाएको छ ।

शान्तिपुरबाट बुटवलतर्फ जाँदै गरेको BAA 0017 नम्बरको कार मङ्गलवार बिहान करिब ११:४५ बजे खोलामा आएको भेलले बगाएको हो ।

चालक गुल्मी चन्द्रकोट गाउँपालिका–४ का ४५ वर्षीय घनश्याम गौतमले चलाइरहेको कार अन्दाजी ५० मिटर तलसम्म बगेको थियो। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी हवलदार (प्र.ह.) सुरेश थारुको कमान्डमा ३ जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।

स्थानीयवासी तथा ट्याक्टरको सहयोगमा उक्त कारलाई खोलाबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। कारमा केही क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।डहरे खोलामा पक्की पुल अभावमा वषौंदेखि सास्ती खेप्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org