एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु
काठमाडाैं । जाजरकोटमा एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी भेरी नगरपालिका – १ डौँरीकाँडाका २८ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त शर्माका अनुसार दुर्घटनाबारे प्रहरीलाई बिहान ८ बजेपछि मात्रै सूचना आएको थियो। दुर्घटना स्थलमा जिल्लाका प्रहरी निरीक्षक हरिराम डाँगीको टोली पुगेको छ।
डिएसपी शर्माका अनुसार भेरी नगरपालिका – १ कोलचौर नजिकै कल्ले बाट मैदेतर्फ जाँदै गरेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स कल्ले खोलामा मध्य रातिमा दुर्घटना परेको थियो।
चालक चनारा मात्रै एम्बुलेन्समा सवार थिए। भित्री सडक खण्डमा दुर्घटनामा परेको एम्बुलेन्स सडक खण्डदेखि झन्डै एक सय मिटर मुनी खसेको डिएसपी शर्माले बताए।
डिएसपी शर्माका अनुसार असार तेस्रो सातातिर मात्रै चालक चनारा हप्ता दिन बढी प्रहरी हिरासतमा बसेर सजाय भुक्तान गरी निस्किएका थिए। असार २२ गते पनि मदिरा सेवन गरि चनाराले चलाएको एम्बुलेन्स नालामा खसेको थियो।
त्यसपछि चनारामा माथि अभद्र ब्यबहार सम्बन्धी मुद्दा चलेको थियो। सोही मुद्दामा उनी एक हप्ता बढी प्रहरी हिरासतमा बसेर निस्किएका थिए । चालक चनाराको घटनास्थलमै मृत्यु भएको हुँदा उनी कहाँ बाट आउँदै थिए भन्ने अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
एम्बुलेन्स उदय युथ क्लब रुकुम पश्चिमको हो।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











