ताजा समाचार

रसुवाबाट काठमाण्डौं आउँदै गरेको बस दुर्घटना !

काठमाडाैं । रसुवाको गत्लाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

आज दिउँसो उत्तरगया गाउँपालिका-५ को लहरेमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन । घाइते मध्ये तीन जनाको अबस्था गम्भीर छ ।

दुर्घटनामा परी घाइते भएका यात्रुहरुलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको स्थानीय दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

बा.६ ख. ८४३५ नम्बरको बस बिपरित दिशाबाट आएको अटोलाई साइड दिँदा सडकको छेउ भासिएर दुर्घटना परेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org