ताजा समाचार

नेपाली आरोही पाण्डेले गरे इन्डोनेसियाको सर्वोच्च शिखर ‘काष्ट्रेन्ज पिरामिड’को आरोहण

काठमाडाैं । विश्व रेकर्ड कायम गर्ने उद्देश्यसहित ‘सेभेन समिट’मा निस्किएका नेपाली आरोही प्रकाशराज पाण्डेले इन्डोनेसियाको सर्वोच्च शिखरको सफल आरोहण गरेका छन्।

उनले यसै साता अगष्ट १७ तारिखमा ओसिनिया क्षेत्रको सर्वोच्च हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । इण्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमालमा आरोही पाण्डेले स्थानीय समयअनुसार बिहान ९ः३० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएका थिए।

सेभेन समिट अभियान अन्तर्गत सातै महादेशका सर्वोच्च शिखरहरुको आरोहण गर्ने तयारीमा रहेका पाण्डेलाई राष्ट्रिय झन्डा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए।

सेभेन समिट अभियानमा पाण्डेले अब उत्तर अमेरिकी महादेश, अन्टार्कटिका महादेश र अष्ट्रेलियाको हिमाल आरोहण गर्न बाँकी रहेको बताए । यस अधि उनले अर्जेन्टिनास्थित माउण्ट अकोन्कागुआको शिखरमा फेब्रुअरी ६ तारिखमा दिन बिहान सफल आरोहण‍ गरेका थिए। सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेका उनी सात वटा महादेशका अग्ला हिमाल चढ्ने क्रममा छन् ।

सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट अभियान सुरु गरेका उनले अहिले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो र दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखर अकोन्कागुआको पनि सफल आरोहण गरि सकेका छन् । अब आफ्नो आगामी यात्रा उत्तर अमेरिका र अन्टार्टिकाको उच्च हिमाल आरोहण गर्ने रहेको पाण्डेले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org