पाकिस्तानः बाढीमा एक हजारभन्दा बढीको मृत्यु भएकाे आंकलन
काठमाडाैं । पाकिस्तानी प्रधानमन्त्रीका संयोजक इख्तियार वली खानले खैबर पख्तुनख्वा (केपी) प्रान्तमा आएको विशाल बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु हुनसक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
वलीले आफूले व्यक्तिगत रूपमा बाढी प्रभावित क्षेत्रहरू भ्रमण गरेको र ठूलो विनाश देखेको बताएका हुन् । उनले बुनेरको चघर्जी क्षेत्रमा व्यापक क्षति भएको र बासोनी गाउँ नक्साबाट नै हराएको जानकारी दिए ।
“बाढीको पानीले बोकेका केही चट्टानहरू ट्रकभन्दा ठूला थिए । घरहरू नदीमा बगाइएका छन्, सम्पूर्ण परिवारहरू हराएका छन् र रिपोर्ट गर्ने कोही छैन”, उनले भने ।
उनले आधिकारिक तथ्याङ्कले अस्पतालमा ल्याइएको शवहरू मात्रै देखाएको तर धेरै हताहत अझै रिपोर्ट हुन बाँकी रहेको बताए ।
एआरवाई न्युजका अनुसार करिब एक हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् र सामूहिक अन्त्येष्टि जारी छ । वलीले बाढीको दृश्य देखेर आफैँ भारी मन लिएर फर्केको बताए ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार, २६ जुनदेखि देशभरि वर्षासँग सम्बन्धित घटनामा कम्तीमा छ सय ५७ जनाको मृत्यु भइसकेको छ र नौ सय २९ जना घाइते भएका छन् । मृतकमध्ये एक सय ७१ जना बालबालिका र ९४ जना महिला छन् ।
केपी प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ तीन सय ९० जनाको मृत्यु (दुई सय ८८ पुरुष, ५९ बालबालिका, ४३ महिला) र दुई सय ४५ जना घाइते (एक सय ६१ पुरुष, ४५ बालबालिका, ३९ महिला) भएको छ । एनडिएमएले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्यलाई तीव्र बनाउन प्रान्तीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ । -एएनआई
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












