ताजा समाचार

श्रीलंकाका पूर्वराष्ट्रपति सरकारको कोषको दुरूपयोग गरेको आरोपमा पक्राउ

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे सरकारको कोषको दुरूपयोग गरेको आरोपमा पक्राउ परेका छन्।क्रिमिनल इन्भेस्टिगेशन डिपार्टमेन्ट ९सिआइडी०ले शुक्रबार उनलाई पक्राउ गरेको भारतीय मिडिया एनडिटिभीले जनाएको छ।

उनी राष्ट्रपति हुँदा निजी भ्रमणका लागि राज्यको कोष दुरूपयोग गरेको आरोप उनलाइ लागेको छ ।

७६ वर्षीय उनी सन् २०२३ मा बेलायतको इंग्ल्यान्डमा गएका थिए । उल्भरह्याम्प्टन युनिभर्सिटीमा आफ्नी श्रीमती प्रोफेसर मैथ्री विक्रमासिंघेको दीक्षान्तमा जाँदा सरकारी कोषको दूरूपयोग गरेको आरोप लागेको छ।

‘कोलोम्बो फोर्ट म्याजिस्ट्रेट समक्ष आज हामी उहाँलाई उपस्थित गराउँदैछौं,’ एक अधिकारीले समाचार संस्था एएफपीसँग कुराकानी गर्दै भनेका छन्। पक्राउ गर्नुअघि प्रहरीले पूर्वराष्ट्रपति विक्रमासिंघेका कर्मचारीसँग भ्रमण खर्चबारे सोधपुछ गरेको थियो।

विक्रमासिंघे सन् २०२२ जुलाइमा राष्ट्रपति बनेका थिए। गोटबाया राजापाक्षले सत्ता छाडेपछि उनी राष्ट्रपति बनेका हुन्। उनी गत सेप्टेम्बरमा चुनाव हारेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org