भारतमा वैष्णो देवी धामको बाटोमा पहिरोमा ३२ जनाकाे मृत्यु
काठमाडौं । भारतको जम्मुको कटरास्थित वैष्णो देवी धामको बाटोमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।
घटना मंगलबार दिउँसो ३ बजे पुरानो बाटोमा अर्धकुमारी मन्दिरबाट केही टाढा एक भोजनालयनजिक भएको हो । मंगलबार रातिसम्म सात जनाको मृत्यु भएकामा आज बिहानसम्म ३२ पुगेको हो ।
ठूल्ठूला ढुंगा, रुख र माटोमा पुरिएर बढी क्षति भएको बताइएको छ । एक प्रत्यक्षदर्शीले भने, “ठूला–ठूला ढुंगा अचानक खस्न थाले र सबै ध्वस्त भयो ।”
प्रशासनका अनुसार, २३ भन्दा बढी व्यक्ति घाइते भएका छन् । धेरै बेपत्ता छन् । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । हाल, यस क्षेत्रमा भारी वर्षाका कारण वैष्णो देवी यात्रा स्थगित गरिएको छ ।
मंगलबार जम्मु सहरमा २४ घण्टाभन्दा कम समयमा २५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । यसबाट धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको थियो । घर र खेतहरूमा पानी भरिएको छ ।
त्यहाँ चल्ने रेलले पनि आज जम्मु–कटरा चल्ने र यहाँ रोकिने २२ वटा ट्रेन रद्द गरेको छ । यसबाहेक, २७ वटा ट्रेनको सेवा छोटो बनाइएको छ । यद्यपि, कटरा–श्रीनगरबीच ट्रेन सेवा जारी छ ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











