भारतमा वैष्णो देवी धामको बाटोमा पहिरोमा ३२ जनाकाे मृत्यु
काठमाडौं । भारतको जम्मुको कटरास्थित वैष्णो देवी धामको बाटोमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।
घटना मंगलबार दिउँसो ३ बजे पुरानो बाटोमा अर्धकुमारी मन्दिरबाट केही टाढा एक भोजनालयनजिक भएको हो । मंगलबार रातिसम्म सात जनाको मृत्यु भएकामा आज बिहानसम्म ३२ पुगेको हो ।
ठूल्ठूला ढुंगा, रुख र माटोमा पुरिएर बढी क्षति भएको बताइएको छ । एक प्रत्यक्षदर्शीले भने, “ठूला–ठूला ढुंगा अचानक खस्न थाले र सबै ध्वस्त भयो ।”
प्रशासनका अनुसार, २३ भन्दा बढी व्यक्ति घाइते भएका छन् । धेरै बेपत्ता छन् । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । हाल, यस क्षेत्रमा भारी वर्षाका कारण वैष्णो देवी यात्रा स्थगित गरिएको छ ।
मंगलबार जम्मु सहरमा २४ घण्टाभन्दा कम समयमा २५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । यसबाट धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको थियो । घर र खेतहरूमा पानी भरिएको छ ।
त्यहाँ चल्ने रेलले पनि आज जम्मु–कटरा चल्ने र यहाँ रोकिने २२ वटा ट्रेन रद्द गरेको छ । यसबाहेक, २७ वटा ट्रेनको सेवा छोटो बनाइएको छ । यद्यपि, कटरा–श्रीनगरबीच ट्रेन सेवा जारी छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












