घाँस काट्न जाँदा गैडाकाे आक्रमणबाट व्यक्तिको मृत्यु
काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिका राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका एक व्यक्तिको गैंडाको आक्रमणबाट मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२८ अन्दौली सुकुम्बासी टोलका ६५ वर्षीय खिमबहादुर सुनारलाई हिजो दिउँसो घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएका सुनारको घटनास्थलमै मृत्यु भएको हो । धेरैजसो वन क्षेत्रमा घाँस काट्न जाने क्रममा जंगली जनावरले आक्रमण गर्ने गरेको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेलबहादुर कुमाल–विशालले जानकारी दिए । यसअघि पनि सो क्षेत्रमा गैंडा तथा अन्य जंगली जनावरका आक्रमणबाट मानिसहरू घाइते भएका थिए ।
स्थानीयलाई आयआर्जन र रोजगारीका अवसर प्रदान गर्नसके वनक्षेत्रमा जानबाट रोक्न सकिने र मानव वन्यजन्तु द्वन्द्व कम हुने अध्यक्ष कुमालले बताए।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











