ताजा समाचार

घाँस काट्न जाँदा गैडाकाे आक्रमणबाट व्यक्तिको मृत्यु

काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिका राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका एक व्यक्तिको गैंडाको आक्रमणबाट मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२८ अन्दौली सुकुम्बासी टोलका ६५ वर्षीय खिमबहादुर सुनारलाई हिजो दिउँसो घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट गम्भीर घाइते भएका सुनारको घटनास्थलमै मृत्यु भएको हो । धेरैजसो वन क्षेत्रमा घाँस काट्न जाने क्रममा जंगली जनावरले आक्रमण गर्ने गरेको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेलबहादुर कुमाल–विशालले जानकारी दिए । यसअघि पनि सो क्षेत्रमा गैंडा तथा अन्य जंगली जनावरका आक्रमणबाट मानिसहरू घाइते भएका थिए ।

स्थानीयलाई आयआर्जन र रोजगारीका अवसर प्रदान गर्नसके वनक्षेत्रमा जानबाट रोक्न सकिने र मानव वन्यजन्तु द्वन्द्व कम हुने अध्यक्ष कुमालले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org