भारतीय प्रधानमन्त्री मोदी जापानमा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जापानको राजधानी टोकियो पुगेका छन्। प्रधानमन्त्री मोदी दुई देश जापान र चीनको चार दिने भ्रमणमा निस्किएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार र ट्यारिफ नीतिका कारण भारत–अमेरिका सम्बन्ध तनावपूर्ण रहेको बेला प्रधानमन्त्री मोदी जापान र चीन भ्रमणमा निस्केका हुन्। ट्रम्पले भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल तोकेपछि मोदी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धमा चिसाेपना छाएकाे छ ।
‘भारत र जापानले आफ्नो विकास सहयोगलाई निरन्तर सुदृढ पारिरहेका छन्। म यस भ्रमणको क्रममा प्रधानमन्त्री इशिबा र अन्य नेताहरूलाई भेट्न उत्सुक छु,’जापान पुगेपछि प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्,’यसले विद्यमान साझेदारीलाई अझ गहिरो बनाउने र सहयोगका नयाँ मार्गहरू अन्वेषण गर्ने अवसर प्रदान गर्नेछ।’
भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले जापान पछि आफू चीनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को बैठकमा सहभागी हुनेबारे जानकारी दिएका थिए। त्यहाँ प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत धेरै नेताहरूलाई भेट्ने कार्यसूची छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












