ताजा समाचार

विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान

काठमाडौं । सुशासन र सामाजिक सञ्जाल खुला गर्नुपर्ने मागसहित सोमबार भएको प्रदर्शनीमा प्रहरीले बल प्रयोग गरेको विरोधमा जेनजी पुस्ताले विराटनगरमा यातायात बन्दको आह्वान गरेका छन् ।

आज दिउँसो ११ बजेबाट विराटनगरमा यातायात बन्दको आह्वान गरेका हुन् । ‘तपाईंहरूले बिहान ११ बजेसम्म आफ्नो काम सक्नुहोला, त्यसपछि यातायात बन्द गर्छौं,’ आन्दोलनरत पक्षले भनेको छ ।

स्थानीय प्रशासनका अनुसार मोरङको अवस्था सामान्य छ । सुनसरीको इटहरीमा भने कर्फ्यु यथावत छ ।

सोमबार प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्युु भएपछि स्थानीय प्रशासनले इटहरीमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org