ताजा समाचार

तीनकुनेमा दुई जना मृत फेला !

काठमाडौं। काठमाडौंको तीनकुनेमा दुई जना मृत भेटिएका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । मृतक दम्पतीको परिचय खुलेको छैन ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org