रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना
काठमाडौँ । गत मंगलबार देशभर भएको अराजकताको मौका छोप्दै नख्खु कारागारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने आवाज चर्किएको छ।
जेन–जी आन्दोलनका युवाले टिकटकमार्फत् उनलाई जेल फर्किन दबाब दिइरहेका बेला अब सडकका भित्तामा समेत ‘मस्ट वान्टेड क्रिमिनल’ भन्दै पोस्टर टाँसिएको छ। पोस्टरमा लामिछानेलाई फरार कैदीका रूपमा प्रस्तुत गर्दै तत्काल पक्राउ गर्न माग गरिएको छ।
सहकारी ठगी मुद्दामा कैद भोगिरहेका लामिछानेलाई रास्वपाका सांसद हरि ढकाल र डीपी अर्यालले दबाबका आधारमा बाहिर ल्याएको भन्दै आलोचना भइरहेको छ। गृह मन्त्रालयका सचिवको अधिकार नपुग्ने निर्णयलाई आधार बनाइ उनले कारागार छाडेको आरोप लागिरहेको छ।
लामिछाने नख्खुबाट निस्किएसँगै देशभरका कैदीहरू फरार हुने क्रम बढेको छ। अहिलेसम्म करिब १५ हजार कैदी फरार भइसकेको र १,३०० भन्दा बढीलाई पुनः पक्राउ गरेर जेल फर्काइएको प्रहरीको दाबी छ।
यसबीच, नख्खुबाट भागेका पूर्वमन्त्री सञ्जय टक्ला पक्राउ परिसकेका छन् भने केन्द्रीय कारागार सुन्धाराबाट भागेका एमाले नेता टोपबहादुर रायमाझीले फिर्ता आउने सन्देश पठाएका छन्।
सुरक्षा निकायले फरार कैदीलाई तत्काल आत्मसमर्पण गर्न आग्रह गर्दै खोजी अभियान तीव्र पारेको छ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...












