ताजा समाचार

कारागारबाट भागेका विदेशीले गेस्ट हाउसबाट हामफाले !

काठमाडौं ।काठमाडाैं लगायत देशैभरि भएको जेन–जी प्रदर्शनका क्रममा केन्द्रीय कारागारबाट भागेका एकजना विदेशी नागरिकले गेस्ट हाउसबाट हामफालेर ज्यान गुमाएका छन् ।

फेरि प्रहरीले पक्राउ पर्ने डरमा रहेका उनले गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेका हुन् । जेन–जीको आन्दोलन अराजक बनेर विध्वंशात्मक भएका बेला सुन्धारास्थित सेन्ट्रल जेलबाट भागेका उनी बसेको गेस्ट हाउसमा प्रहरी पुगेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुन्धाराकै सुविधा गेस्ट हाउसमा लुकेका नेदरल्याण्ड्सका ८३ वर्षीय हेनरिकस एड्रियनस लोसफसले हामफालेका हुन् । तर शुक्रबार बिहान प्रहरीको टोली गेस्ट हाउसमा पुगेपछि उनले हामफालेका हुन् । हामफालेका उनको तत्कालै ज्यान गएको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org