ताजा समाचार

बास्कोटाको चेतावनी: “ब्रेन वास गरेर पार्टी हाइज्याक नगर्नू”

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी संस्थापन नेतृत्वलाई तीव्र चेतावनी दिएका छन्।

उनले महासचिव शंकर पोखरेलसहित अध्यक्ष केपी शर्मा ओली नजिकका नेताहरूमाथि व्यंग्य गर्दै “ब्रेन ड्रेन, ब्रेन वासपछि अब ब्रेन हाइज्याक गर्ने प्रयास नगर्न” आग्रह गरेका हुन्।

बास्कोटाले पार्टीभित्र खुला समीक्षा आवश्यक रहेको बताउँदै तत्काल पार्टी फोरम आयोजना गर्न चुनौती दिएका छन्। उनको भनाइमा, “नीति र विधिको रक्षा भएपछि नेतृत्व आफैं सुरक्षित हुन्छ।”

पछिल्लो समय संस्थापन नेतृत्वप्रति लगातार आलोचक बनेका बास्कोटाले एमालेभित्र विचार र कार्यशैलीमै सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले म्याकाभेलियनवादी प्रवृत्ति त्यागेर मार्क्सवादी मूल्यमा फर्कनुपर्नेमा जोड दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org