निर्वाचन र पुनःनिर्माणका लागि अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन !
काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण तथा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक बजेटको स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ।
गठित कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा, र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री सदस्य रहेका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार, हालको बजेटमा समावेश केही योजना तथा कार्यक्रमहरू कटौती गरेर स्रोत व्यवस्थापन सम्भव छ कि भन्नेबारे आन्तरिक अध्ययन गर्न कार्यदल गठन गरिएको हो।
“चुनाव र पुनःनिर्माणका लागि केही बजेट आवश्यक पर्छ। त्यसका लागि हालकै बजेटभित्र रहेर कसरी स्रोत जुटाउन सकिन्छ भन्नेबारे कार्यदलले अध्ययन गर्नेछ,” प्रवक्ता पाण्डेयले भने, “आवश्यक परेमा केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुन सक्छ, जसको प्राथमिकता निर्धारण गर्ने अधिकार कार्यदललाई दिइएको छ।”
यसैबीच, सोमबार कार्यभार सम्हालेका नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२र८३ को बजेटमा राजनीतिक दबाबका कारण परेका, पूर्वतयारी नसकिएका र टुक्रे योजना तथा कार्यक्रमहरू कटौती गरिने स्पष्ट पारेका छन्।
उनका अनुसार, सरकार पूरक बजेट नल्याउने रणनीतिमा रहेको छ, र हालको बजेटभित्रै स्रोत व्यवस्थापन गरेर करिब रु १ खर्ब बराबरको बजेट निर्वाचन र पुनःनिर्माणमा प्रयोग गर्न सकिने विश्वास गरिएको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












