ललितपुर लुभुको उदाहरण बन्दै सुन्दर चसिडोल टोल, उज्यालो युग हुँदै डिजिटल युगमा फड्को मार्दै !
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित–८ लुभू स्थित सुन्दर चसिडोल टोल आधुनिक पुर्वाधारहरूको ब्यवस्थापनले जिल्लाकै उदाहरणीय टोलको रूपमा स्थापित भएको छ । ललितपुरको लुभु र भक्तपुरको सिरूटारको बिचमा अवस्थित यो टोलले भौतिक र विध्युतीय पुर्वाधारहरूको ब्यवस्थापनमा फड्को मार्दै गएको छ ।
२०७५ सालमा स्थापना भएको यो टोल छोटो अवधि मै ढल र सडक निर्माण गरि गत आ.व.मै सडक बत्ति र सिसिक्यामेरा जडान गरिएको टोल बिकास संस्थाका सचिव दिनेस घिमिरे ले बताउनुभयो । नगरपालिकाको सहयोगमा यी पुर्वाधार तयार भएपछि रातको समयमा उज्यालो र सुरक्षा प्रत्याभुति बढेको सचिव घिमिरे ले जानकारि दिनुभयो ।
चालू आ.व. मा भने समुदाय साईरन जडान गरि हाल डिजिटल घर नम्बर राख्ने कार्य भईरहेको संस्थाका सल्लाहकार चन्द्रविक्रम राई ले जानकारि दिनुभयो । टोल समुदायको आफ्नै लगानीमा राम लक्ष्मण कम्पनीबाट यो ब्यवस्थापन गरिएको हो ।
समुदाय साईरन र डिजिटल घर नम्बर बाट बिपद, आगलागि, चोरि जस्ता घटनामा शिघ्र उद्धार र सहयोग मिल्ने बताईएको छ । टोलमा चोरिका घटना बढेपछि स्थानीय युवाहरूले रात्रि गस्ति कार्य पनि गरिरहेको टोलका अध्यक्ष उत्तमराज भट्टराईले बताउनुभयो ।
यसरी ढल, सडक, खानेपानि, सडक बत्ति, सिसिक्यामेरा, समुदाय साईरन र डिजिटल घर नम्बर समेत राखिसकेपछि सुन्दर चसिडोल टोलको सुरक्षा ब्यवस्थापन बारे चर्चा चुलिएको छ ।
बालवालिका र बृद्धबृद्धा समेतले चासो दिने गरेको र सुरक्षाको अनुभूति गरेको संस्थाका अगुवा ख्याम स्याङबा ले दाबी गर्नुभयो । वडाअध्यक्ष विश्वराज श्रेष्ठ र नगरपालिका समेतको निरन्तर सहयोगमा यी सबै कामहरूको सम्भव भएको स्याङ्बाले बताउनुभयो ।
समुदाय साईरन भने नजिकैको लुभु प्रहरी चौकि समेतमा सञ्जाल जोडिने भएकाले सुरक्षा थप प्रभावकारि हुने अपेक्षा गरिएको छ । यश प्रकार ले टोलमा हुन सक्ने घटनामा समुदाय प्रहरी सहकार्यलाई निरन्तरता दिनु पर्ने लुभु प्रहरी प्रमुख सन्तोस केसि ले आग्रह गर्नुभयो ।
यस टोलमा आपसि सहकार्य, बिबिधता र एकता समेत बलियो भएकाले समाज रूपान्तरण र समाजको बिकास गर्न सजिलो भएको संस्थाका संस्थापक तथा युवा समाजसेबि गोपाल राईले बताउनुभयो ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












