नेपाल-वेस्ट इन्डिज टी-२०आई: ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२०आई सिरिजअन्तर्गत पहिलो खेल आज यूएईको शारजाह क्रिकेट मैदानमा बेलुकी सवा ८ बजेदेखि सुरु हुँदैछ ।
नेपालले वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो । खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस शृंखलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताए ।
‘आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ, टिममा सबैजना सकारात्मक हुनुहुन्छ र मनोबल पनि उच्च छ, हामी शृंखला जित्न सक्छौं भन्ने छ’ उनले भनेका छन् । त्यस्तै वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताए ।
होसेनले टिममा युवा खेलाडीहरू धेरै भएको र सबैजना खेलका लागि तयार रहेको बताए । ‘पेपरमा को कस्तो छ भन्ने कुराले त्यति फरक पार्दैन, जसले राम्रो खेल जित्छ उसले जित्छ’ उनले भने ।
वेस्ट इन्डिज पछिल्लो समय खराब लयमा रहेको हुँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर पनि छ । वेस्ट इन्डिजले सन् २०२५ मा खेलेका १२ खेलमध्ये २ खेल मात्र जितेको छ ।
नेपालको टोलीः रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम रहेका छन् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












