छल्दी पनाहमा बस दुर्घटना, १५ जना घाइते
काठमाडाैं । गुल्मीको तम्घास-सिमलटारी पक्की सडकस्थित छल्दी पनाहमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
बुटवलबाट तम्घासहुँदै अर्जेतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीय मनिष कुँवरको खाली घरमा बस अड्किएकोले ठूलो क्षतिबाट जोगिएको छ । दुर्घटनामा ईस्मा गापा –६ अमरपुर बस्ने बर्ष २१ को नबिन महत, बर्ष ३१ को दिपक पराजुली, बर्ष २२ को रेशम भण्डारी, बर्ष ७३ की हरिकला कुमाल, बर्ष ४३ की राधिका बस्नेत, बर्ष २२ की कोपिला बस्नेत रहेका छन् ।
त्यस्तै घाइते हुनेमा, बर्ष १७ को अनिल बस्नेत, ३३ कि सरिता कुमाल, बर्ष ११ को कृष्ण कुमाल, बर्ष ३९ को सन्तबहादुर कुमाल, ७८ की चन्द्री कुमाल, बर्ष ३ को ईश्वर कुमाल, बर्ष ३३ को सरिता मतह, बर्ष १३ को सचिन महत, मालिका गाउँपालिका –६ बस्ने बर्ष ३५ की लक्ष्मी बिष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गगाबहादुर सारुले जानकारी दिए । घाइते सबैको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












