ताजा समाचार

विद्युत सेवा अवरुद्ध भए कतिमा सम्पर्क गर्ने ?

काठमाडौं । देशका विभिन्न प्रदेशमा तीव्र वर्षा, बाढी, पहिरो र चट्याङको जोखिम बढेको अवस्थामा नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई सतर्क रहन र विद्युत आपूर्तिमा समस्या आए तुरुन्त ११५० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र विपद्को सम्भावना रहेको चेतावनी जारी गरेपछि प्राधिकरणले शनिबार सार्वजनिक विज्ञप्ति जारी गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।

प्राधिकरणले प्रतिकूल मौसमका कारण सेवा अवरुद्ध भए पनि मर्मत तथा पुनःसञ्चालनका लागि सम्बन्धित कर्मचारीहरू तयारी अवस्थामा राखिएको जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org