ताजा समाचार

सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुग्यो

काठमाडौँ । सुनको मूल्य शुक्रवार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

जसअनुसार शुक्रवार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org