कञ्चनपुरमा आजदेखि किसानको धान खरिद हुने
कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि किसानको धान खरिद सुरु गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि आज (आइतबार) देखि किसानबाट धान खरिद गरिन लागेको जानकारी दिए ।
कम्पनीले यस वर्ष कञ्चनपुरमा पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने उनले बताए । विगतका वर्षहरूमा कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि यस वर्ष पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने लक्ष्य राखेको हो ।
गत वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको भए पनि लक्ष्यको २० प्रतिशतमात्र धान खरिद भएको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत वर्ष दुई हजार ९५१ क्विन्टल मात्र धान खरिद भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टल मात्र धान खरिद गर्न सकेको थियो ।
लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि खाद्य संस्थानले यसपटक धान खरिद गर्ने लक्ष्य घटाएको हो । संस्थानले मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ मूल्य तोकेको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ ।
Comments
अरु समाचार
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...
-
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन्...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...
-
बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ बराबरको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९०...
-
कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार...
-
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
देवदह (रुपन्देही) । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार...
-
टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार
काठमाडौं । पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई...
-
सिंगटी हाईड्रो इनर्जीले घोषणा गर्यो लाभांश
काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत...
-
भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख भन्दा बढीकाे फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
काठमाडौं । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात...












