ताजा समाचार

कडरीयाको राजीनामा स्वीकृत, अध्यक्ष दीपक धामीलाई बनाइने !

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले अध्यक्ष डा. सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ ।

आज सोमबार नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।कडरियाले जेन–जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए ।

त्यस्तै, कडरियाले अध्यक्ष धामीलगायत नयाँ जिम्मेवारी पाएका नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु । यससँगै, विद्यार्थीको हकहित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org