ताजा समाचार

शेख हसिनालाई मृत्युदण्ड दिने फैसलाविरुद्ध अवामी लिगले देशव्यापी आन्दोलन गर्ने !

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायबारे उनको अवामी लिग पार्टीले अस्वीकार गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै अदालतको निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधबाट प्रेरित’ भनेको छ।

अवामी लिगले भन्यो ‘हामी विश्वस्त छौं कि बंगलादेशका जनता, अवामी लिग र सबै मुक्ति समर्थक शक्तिहरूले यस निर्णयको विरुद्ध आन्दोलन सुरु गर्नेछन्।’

यसका साथै, अवामी लिगले नोभेम्बर १८ मा देशव्यापी बन्दको घोषणा गरेको छ। पार्टीले नोभेम्बर १९ देखि २१ सम्म देशव्यापी विरोध प्रदर्शनको आह्वान पनि गरेको छ। अवामी लिगले बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुस र शेख हसिनालाई सजाय सुनाउने न्यायाधिकरणमाथि पनि प्रश्न उठाएको छ।

‘निर्वाचित सरकारको सट्टा, अवैध, असंवैधानिक, अनिर्वाचित फासीवादी युनुस र उनका सहयोगीहरूले देशमा अवैध रूपमा सत्ता कब्जा गरेका छन्। त्यसपछि उनीहरूले अन्तर्राष्ट्रिय सिद्धान्तहरूको उल्लङ्घन गर्दै अवैध न्यायाधिकरण स्थापना गरेका छन्, विज्ञप्तिमा भनिएको छ।

‘यो न्यायाधिकरण पूर्णतया गैरकानुनी, दुर्भावनापूर्ण, दुष्ट नियतले प्रेरित र प्रतिशोधबाट प्रेरित छ। युनुसले आफ्नो अवैध रूपमा कब्जा गरिएको सत्ता बचाउन शेख हसिनाविरुद्ध यो हिंसात्मक कदम चालेका छन्,’अवामी लिगले भनेको छ। हसिनाविरुद्धको मुद्दा नाटक’ बाहेक अरु केही नभएको भनिएको छ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसीनालाई मृत्युदण्डको सजाय !

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org