शेख हसिनालाई मृत्युदण्ड दिने फैसलाविरुद्ध अवामी लिगले देशव्यापी आन्दोलन गर्ने !
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायबारे उनको अवामी लिग पार्टीले अस्वीकार गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै अदालतको निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधबाट प्रेरित’ भनेको छ।
अवामी लिगले भन्यो ‘हामी विश्वस्त छौं कि बंगलादेशका जनता, अवामी लिग र सबै मुक्ति समर्थक शक्तिहरूले यस निर्णयको विरुद्ध आन्दोलन सुरु गर्नेछन्।’
यसका साथै, अवामी लिगले नोभेम्बर १८ मा देशव्यापी बन्दको घोषणा गरेको छ। पार्टीले नोभेम्बर १९ देखि २१ सम्म देशव्यापी विरोध प्रदर्शनको आह्वान पनि गरेको छ। अवामी लिगले बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुस र शेख हसिनालाई सजाय सुनाउने न्यायाधिकरणमाथि पनि प्रश्न उठाएको छ।
‘निर्वाचित सरकारको सट्टा, अवैध, असंवैधानिक, अनिर्वाचित फासीवादी युनुस र उनका सहयोगीहरूले देशमा अवैध रूपमा सत्ता कब्जा गरेका छन्। त्यसपछि उनीहरूले अन्तर्राष्ट्रिय सिद्धान्तहरूको उल्लङ्घन गर्दै अवैध न्यायाधिकरण स्थापना गरेका छन्, विज्ञप्तिमा भनिएको छ।
‘यो न्यायाधिकरण पूर्णतया गैरकानुनी, दुर्भावनापूर्ण, दुष्ट नियतले प्रेरित र प्रतिशोधबाट प्रेरित छ। युनुसले आफ्नो अवैध रूपमा कब्जा गरिएको सत्ता बचाउन शेख हसिनाविरुद्ध यो हिंसात्मक कदम चालेका छन्,’अवामी लिगले भनेको छ। हसिनाविरुद्धको मुद्दा नाटक’ बाहेक अरु केही नभएको भनिएको छ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री हसीनालाई मृत्युदण्डको सजाय !
Comments
अरु समाचार
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...
-
प्रतिनिधिसभा बैठक: अख्तियारको प्रतिवेदनदेखि राष्ट्र बैंक विधेयकसम्म प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न वार्षिक प्रतिवेदन तथा विधेयकहरू...
-
नक्कली भुटानी शरणार्थी प्रकरणः दुई पूर्वमन्त्रीसहित १४ दोषी, ७ जनाले पाए सफाइ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर...











