ताजा समाचार

महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा विराटनगरमा प्रदर्शनकारीले रातो रङ फ्याँकेका छन् ।

युवा संघको कार्यक्रमका लागि आज सुनसरी जाँदै गरेका बस्नेतमाथि विराटनगर विमानस्थलनजिक आक्रमणको प्रयास भएको हो । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए ।

प्रहरीले विरोधमा संलग्न भएको आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org