पूर्व एआईजी पोखरेल रास्वपा प्रवेश !
काठमाडाैं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
शुक्रबार रास्वपाको पार्टी कार्यालय बनस्थलीमा एक कार्यक्रमका बीच पोखरेल पार्टी प्रवेश गरेका हुन् । पोखरेल नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि असन्तुष्ट बनेका पोखरेलले राजीनामा गरेका थिए ।
रास्वपा प्रवेश गर्दै पोखरेलले मुलुकको समृद्धि र कुशासनको अन्त्य गर्ने पार्टी रास्वपा मात्रै भएको बताए । जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।
पार्टीका सभापति रवि लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर पनि आफूलाई रास्वपा प्रवेशमा प्रोत्साहित गरेको उनले बताए । अन्य धेरै पार्टीहरूबाट पनि आफूलाई पार्टी प्रवेश गर्न अनुरोध गरेको भए पनि सभापति लामिछानेमाथि भएको अन्याय विरुद्ध लड्न पनि आफू रास्वपा प्रवेश गरेको बताए ।
२४ भदौको जेनजी आन्दोलनमा पुराना पार्टीका नेताहरू दुलोभित्र पसिरहेका बेला रास्वपाका सभापति रवि लामिछानेलाई भने जनताले काँधमा बोकेर बाहिर ल्याएको उनले बताए ।
Comments
अरु समाचार
-
अनशनरत रुबी खानले २३औँ दिनमा तोडिन् अनशन, सरकारसँग पाँचबुँदे सहमति
बुटवल । अनशनरत रुबी खानले २३औँ दिनमा अनशन ताेडेकी छन् । बुधबार सरकारसँग पाँचबुँदे सहमति भएपछि अनसन ताेडेकी हुन् ।...
-
नेप्से परिसूचक ६.५१ अङ्कले घट्यो, कारोबार सवा तीन अर्ब नाघ्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि आरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, कारोबार...
-
मनोज श्रीमानको संसदीय सुनुवाई शुरु, के गरिदैछ?
काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि प्रस्तावित मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । समितिको...
-
मनोज श्रीमानको काम आजै फत्ते
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्मालाई आजै प्रधानन्यायाधीशमा नियुक्त गर्ने गरि संसदीय सुनुवाई अघि बढ्ने भएको छ। शर्माविरुद्ध...
-
न्यायाधीशलाई सांसद समीक्षा बाँस्कोटाले चुनौती दिँदै भनिन्- राजनीति नै गर्ने भए कोट खोलेर आउनुस्
काठमाडौं । रास्वपा सांसद समीक्षा बाँस्कोटाले राजनीति नै गर्ने भए कोट खोलेर आउन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकी छिन् ।...
-
‘एक सयमाथिको सामानमा भन्सारको विषयमा सर्वोच्चको व्यावहारिक आदेश’
काठमाडौँ । नेपाल-भारत खुला सीमा क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, औषधि र सामाजिक व्यवहारका सामान खरिद गर्न भारतीय बजार...
-
वर्तमान चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।आइतबार काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित ३३ औँ...
-
रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै, करिब १५०० वडामा नयाँ समिति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन...
-
सोमबारका लागि सर्यो एमाले सचिवालय बैठक
काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक सोमबारलाई सारिएको छ। शनिवारका लागि डाकिएको सचिवालय बैठक नेताहरुको कार्यव्यस्तताका कारण सोमबार बस्ने गरि...












