एमालेको ११ औँ महाधिवेसनः संखुवासभाबाट ७ प्रतिनिधि छनाेट !
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि सङ्खुवासभाबाट ७ जना प्रतिनिधि छनाेट भएका छन् ।
आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि हिजो मंसिर १३ गते शनिबार देशभर प्रतिनिधि छनोटको कार्यतालिका रहेको थियो । सोहि अनुसार संखुवासभा जिल्ला सर्वसम्मतीकाे प्रयासका बावजुद अन्तत मतदानमार्फत ६ जना र १ जना प्रतिनिधि निर्विरोध छनोट भएका हुन् ।
निर्वाचित हुनेहरूमा खुल्ला तर्फ खड्ग बहादुर राई (९७६मत ) बिदुर कुमार लिङ्थेप,(९८६मत ) भविश्वर गुरुङ, (७७२मत ) सहित निर्वाचित रहेका छन् । भने महिलातर्फ सुनिता कार्की (१३५३)मत र उर्मिला दाहाल सुवेदी (८८२) मत सहित प्रतिनिधि छनोट भएका छन् ।
त्यस्तै, ४० वर्ष मुनिका युवातर्फ फुर्बा शेर्पा (८६२) र दलिततर्फ इन्द्रमाया बराइली, सर्वसम्मत प्रतिनिधि छनोट भएका हुन् ।
विभिन्न काेटा मार्फत कुल ७ जना प्रतिनिधि छनाेट गर्नुपर्नेमा दलित काेटा बाहेक बाँकी ६ काेटाका लागि कुल १८ प्रतिद्वन्दीबिच प्रतिस्पर्धा भएकाे थियाे । जसमा खुल्लातर्फ भविश्वर गुरुड, मानसिं पोख़ेल, सूर्य बहादुर दाहाल, शेर बहादुर कार्की, यादव कुमार अधिकारी, खड्गबहादुर राई, बिदुर कुमार लिंथेप, सुमन श्रेष्ठ, मुरारीप्रसाद खतिवडा, मौसम आले मगर, कममणि गौतम र भरतकुमार खत्रीले प्रतिस्पर्धा गरेका थिए ।
महिलातर्फ ३ जनामा प्रतिस्पर्धा भएकाे थियाे । जसमा सुनिता कटुवाल कार्की, उर्मिला नेपाल सुवेदी, हेम कुमारी चौहान मध्येबाट २ जना छनौट हुनेछन् ,
सङ्खुवासभामा एमालेका ३ हजार ८३ संगठित सदस्य छन् । जसमा शनिबार सम्मपन्न मतदानमा १९१२ मत खसेको थियाे ।
Comments
अरु समाचार
-
हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप...
-
वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन...
-
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौं । सरकारले तत्कालीन गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति...
-
एमाले सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थालाई ध्यानमा...
-
जडीबुटी प्रशोधनको आवरणमा ‘प्रकृतिको अवैध दोहन’
काठमाडौं। नेपालको पहाडी र हिमाली भेगका जडीबुटीलाई आर्थिक समृद्धिको आधार मानिन्छ। तर, यही समृद्धिको नारालाई ढाल बनाएर केही विदेशी लगानीकर्ता...
-
संसदमा उठेका प्रश्नको जवाफ वालेन्द्रले नदिने, वाग्लेलाई जिम्मा दिएपछि के गर्लान प्रतिपक्षी दल?
काठमाडौं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा आजको बैठकका लागि अर्थमन्त्री डा. स्वर्णिम...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...












