ताजा समाचार

एमालेको ११ औँ महाधिवेसनः संखुवासभाबाट ७ प्रतिनिधि छनाेट !

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि सङ्खुवासभाबाट ७ जना प्रतिनिधि छनाेट भएका छन् ।

आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि हिजो मंसिर १३ गते शनिबार देशभर प्रतिनिधि छनोटको कार्यतालिका रहेको थियो । सोहि अनुसार संखुवासभा जिल्ला सर्वसम्मतीकाे प्रयासका बावजुद अन्तत मतदानमार्फत ६ जना र १ जना प्रतिनिधि निर्विरोध छनोट भएका हुन् ।

निर्वाचित हुनेहरूमा खुल्ला तर्फ खड्ग बहादुर राई (९७६मत ) बिदुर कुमार लिङ्थेप,(९८६मत ) भविश्वर गुरुङ, (७७२मत ) सहित निर्वाचित रहेका छन् । भने महिलातर्फ सुनिता कार्की (१३५३)मत र उर्मिला दाहाल सुवेदी (८८२) मत सहित प्रतिनिधि छनोट भएका छन् ।

त्यस्तै, ४० वर्ष मुनिका युवातर्फ फुर्बा शेर्पा (८६२) र दलिततर्फ इन्द्रमाया बराइली, सर्वसम्मत प्रतिनिधि छनोट भएका हुन् ।

विभिन्न काेटा मार्फत कुल ७ जना प्रतिनिधि छनाेट गर्नुपर्नेमा दलित काेटा बाहेक बाँकी ६ काेटाका लागि कुल १८ प्रतिद्वन्दीबिच प्रतिस्पर्धा भएकाे थियाे । जसमा खुल्लातर्फ भविश्वर गुरुड, मानसिं पोख़ेल, सूर्य बहादुर दाहाल, शेर बहादुर कार्की, यादव कुमार अधिकारी, खड्गबहादुर राई, बिदुर कुमार लिंथेप, सुमन श्रेष्ठ, मुरारीप्रसाद खतिवडा, मौसम आले मगर, कममणि गौतम र भरतकुमार खत्रीले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फ ३ जनामा प्रतिस्पर्धा भएकाे थियाे । जसमा सुनिता कटुवाल कार्की, उर्मिला नेपाल सुवेदी, हेम कुमारी चौहान मध्येबाट २ जना छनौट हुनेछन् ,

सङ्खुवासभामा एमालेका ३ हजार ८३ संगठित सदस्य छन् । जसमा शनिबार सम्मपन्न मतदानमा १९१२ मत खसेको थियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org