हर्कले भेट्न नमानेपछि चिडिएका कुलमानले किन हाले बालेनसँगकाे फाेटाे !
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक सक्रियता बढाएका छन् । आगामी २१ फागुनको चुनावपछि प्रधानमन्त्री बन्ने महत्कांक्षासहित घिसिङले राजनीतिक सक्रियता बढाएको प्रष्टै बुझ्न सकिन्छ । यसैबिच पूर्वी नेपालको भ्रमणमा रहेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन शाहसँगको तस्बीर सार्वजनिक गरेसँगै त्यसलाई लिएर राजनीतिक वृत्तमा विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।
आइतबार धरान पुगेका कुलमानलाई मेयर हर्क साम्पाङले भेट्न नमानेको विषय पनि सार्वजनिक भएको छ । वैकल्पिक शक्तीहरु एकताबद्ध हुनुपर्ने कुरा उठिरहँदा मन्त्री घिसिङ र साम्पाङबिच भेट हुनै नसकेको उज्यालो नेपालका एक नेताले बताए । जेनजी आन्दोलन पछि वैकल्पीक शक्तिहरुका पक्षमा जनलहर बढिरहँदा हाल दुवै नेताहरु आआफ्नै पार्टी खोलेर संगठन विस्तार तथा प्रचारमा जुटेका छन् ।
त्यसैक्रममा पूर्वि नेपालका विभिन्न जिल्लाहरुमा आक्रामक तवरले संगठन विस्तार तथा प्रचारमा मेयर साम्पाङ जुटेका छन् । यसैबिच काठमाडौंबाट विराटनगर हुँदै धरान पुगेका कुलमानले मेयर साम्पाङसँग भेट्न नपाएपनि धरानमा विभिन्न व्यक्तिसँग छलफल तथा भेटघाट गरेको बुझिएको छ ।
धरान, बेलबारी र झापामा आदिवासी–जनजातिको बलियो उपस्थिति छ । आदावासी जनजातीको ठूलो सर्मथन पाएका दुवै नेताहरु अहिले कसले बढी समर्थन आफ्नो पक्षमा पर्न सकिन्छ भनेर लागि परेको पनि अनुमान गर्न सकिन्छ ।
पूर्वमा धरानका मेयर हर्क साम्पाङले खोलेको श्रम पार्टीनिकट कयौं पहिचानवादी नेताहरू उज्यालो नेपालमा जोडिएका छन् । इलाम २ को उपचुनावमा उठेका डेकेन्द्र थेगिम र डा महेन्द्र लावतीसहितका नेता कुलमानको पार्टीमा जोडिएका छन् । त्यसले गर्दा पूर्वमा हर्कलाई केही धक्का लागेको छ ।
हामीले पार्टीको अभियान लिएर साथीहरूसँग छलफल गर्नका लागि पूर्व आएका हौँ’, उज्यालो नेपाल पार्टीका नेताले भने, ‘निकै ठूलो सङ्ख्यामा विभिन्न पेशामा आबद्ध भएका व्यक्तिहरू विद्यार्थी, युवा, शिक्षक लगायतसँग कुरा भइरहेको छ।’ उनका अनुसार धरान बसाइमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र कुलमानबीच भेटवार्ता नहुनुमा पछिल्लो समय बालेन र साम्पाङबिच सम्बन्ध बिग्रीएको तर मन्त्री घिसिङ र मेयर शाहबिच राम्रो सम्बन्ध रहनु हुनसक्ने बताए ।
हर्कले बालेनमाथि विभिन्न आरोप सहित सामाजिक सञ्जालमा निरन्तर आक्रमण गरिरहेका छन् । जेनजी आन्दोलन पछि बालेनले आफूलाई मन्त्री हुनबाट रोकेको आरोप हर्कले लगाउने गरेका छन् । यता हर्कसँग फाटो हुँदा कुलमान भने बालेनसँग नजिकिएको प्रमाण सार्वजनिक गरेका छन् । पूर्वका थुप्रै पहिचानवादीहरू कुलमानको उज्यालो नेपाल पार्टीमा जोडिएसँगै हर्क र कुलमानको पनि दुईको दूरी बढेको बताइन्छ ।
कुलमान र काठमाडौंका मेयर बालेन्द्र साह एकै पार्टीमा सहयात्राबारे संवादमा छन् । कुलमानले आइतबार मात्रै बालेनसँगको फोटो सार्वजनिक गर्दै देश बनाउने अभियानमा सँगसँगै रहेको सन्देश फेसबुकमार्फत् दिए । स्रोतका अनुसार धरान पुग्दा पनि हर्कले कुलमानसँग भेट्न नचाहेको बताइएको छ ।
त्यसैबिच कुलमानले हर्कलाई वैकल्पिक शक्ति मेरो दलमात्रै ठूलो भनेर अल्झिँदा समस्या हुने सन्देशसमेत धरानमै आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा दिएका छन् । कुलमान सोमबार भद्रपुर एयरपोर्ट हुँदै काठमाडौँ फर्किने छन्।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











