हर्कले भेट्न नमानेपछि चिडिएका कुलमानले किन हाले बालेनसँगकाे फाेटाे !
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक सक्रियता बढाएका छन् । आगामी २१ फागुनको चुनावपछि प्रधानमन्त्री बन्ने महत्कांक्षासहित घिसिङले राजनीतिक सक्रियता बढाएको प्रष्टै बुझ्न सकिन्छ । यसैबिच पूर्वी नेपालको भ्रमणमा रहेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन शाहसँगको तस्बीर सार्वजनिक गरेसँगै त्यसलाई लिएर राजनीतिक वृत्तमा विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।
आइतबार धरान पुगेका कुलमानलाई मेयर हर्क साम्पाङले भेट्न नमानेको विषय पनि सार्वजनिक भएको छ । वैकल्पिक शक्तीहरु एकताबद्ध हुनुपर्ने कुरा उठिरहँदा मन्त्री घिसिङ र साम्पाङबिच भेट हुनै नसकेको उज्यालो नेपालका एक नेताले बताए । जेनजी आन्दोलन पछि वैकल्पीक शक्तिहरुका पक्षमा जनलहर बढिरहँदा हाल दुवै नेताहरु आआफ्नै पार्टी खोलेर संगठन विस्तार तथा प्रचारमा जुटेका छन् ।
त्यसैक्रममा पूर्वि नेपालका विभिन्न जिल्लाहरुमा आक्रामक तवरले संगठन विस्तार तथा प्रचारमा मेयर साम्पाङ जुटेका छन् । यसैबिच काठमाडौंबाट विराटनगर हुँदै धरान पुगेका कुलमानले मेयर साम्पाङसँग भेट्न नपाएपनि धरानमा विभिन्न व्यक्तिसँग छलफल तथा भेटघाट गरेको बुझिएको छ ।
धरान, बेलबारी र झापामा आदिवासी–जनजातिको बलियो उपस्थिति छ । आदावासी जनजातीको ठूलो सर्मथन पाएका दुवै नेताहरु अहिले कसले बढी समर्थन आफ्नो पक्षमा पर्न सकिन्छ भनेर लागि परेको पनि अनुमान गर्न सकिन्छ ।
पूर्वमा धरानका मेयर हर्क साम्पाङले खोलेको श्रम पार्टीनिकट कयौं पहिचानवादी नेताहरू उज्यालो नेपालमा जोडिएका छन् । इलाम २ को उपचुनावमा उठेका डेकेन्द्र थेगिम र डा महेन्द्र लावतीसहितका नेता कुलमानको पार्टीमा जोडिएका छन् । त्यसले गर्दा पूर्वमा हर्कलाई केही धक्का लागेको छ ।
हामीले पार्टीको अभियान लिएर साथीहरूसँग छलफल गर्नका लागि पूर्व आएका हौँ’, उज्यालो नेपाल पार्टीका नेताले भने, ‘निकै ठूलो सङ्ख्यामा विभिन्न पेशामा आबद्ध भएका व्यक्तिहरू विद्यार्थी, युवा, शिक्षक लगायतसँग कुरा भइरहेको छ।’ उनका अनुसार धरान बसाइमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र कुलमानबीच भेटवार्ता नहुनुमा पछिल्लो समय बालेन र साम्पाङबिच सम्बन्ध बिग्रीएको तर मन्त्री घिसिङ र मेयर शाहबिच राम्रो सम्बन्ध रहनु हुनसक्ने बताए ।
हर्कले बालेनमाथि विभिन्न आरोप सहित सामाजिक सञ्जालमा निरन्तर आक्रमण गरिरहेका छन् । जेनजी आन्दोलन पछि बालेनले आफूलाई मन्त्री हुनबाट रोकेको आरोप हर्कले लगाउने गरेका छन् । यता हर्कसँग फाटो हुँदा कुलमान भने बालेनसँग नजिकिएको प्रमाण सार्वजनिक गरेका छन् । पूर्वका थुप्रै पहिचानवादीहरू कुलमानको उज्यालो नेपाल पार्टीमा जोडिएसँगै हर्क र कुलमानको पनि दुईको दूरी बढेको बताइन्छ ।
कुलमान र काठमाडौंका मेयर बालेन्द्र साह एकै पार्टीमा सहयात्राबारे संवादमा छन् । कुलमानले आइतबार मात्रै बालेनसँगको फोटो सार्वजनिक गर्दै देश बनाउने अभियानमा सँगसँगै रहेको सन्देश फेसबुकमार्फत् दिए । स्रोतका अनुसार धरान पुग्दा पनि हर्कले कुलमानसँग भेट्न नचाहेको बताइएको छ ।
त्यसैबिच कुलमानले हर्कलाई वैकल्पिक शक्ति मेरो दलमात्रै ठूलो भनेर अल्झिँदा समस्या हुने सन्देशसमेत धरानमै आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा दिएका छन् । कुलमान सोमबार भद्रपुर एयरपोर्ट हुँदै काठमाडौँ फर्किने छन्।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












