सहारा नेपाल साकोसको २९औँ साधारण सभामा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सलकपुर (मोरङ) । “मेरो गौरव, मेरो सहारा सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारण सभा भव्यरूपमा सम्पन्न भएको छ।
सहारा नेपाल साकोस सेवा केन्द्र विराटचोकको आयोजनामा सुन्दरहरैचा–८, सलकपुरस्थित भुल्के साकोसको सभाहलमा यही पुष ३ गते बिहिबार साधारण सभा सम्पन्न हो । साधारणसभाको अवसरमा सहारा सहकारी पत्रकारिता पुरस्कार अन्तर्गत सुन्दरहरैचा अपडेटका सञ्चालक शिव भट्टराई भोजपुरेलाई सम्मान गरिएको थियो ।
सहकारी अभियान, स्थानीय विकास र समुदायका गतिविधिहरूलाई निरन्तर उजागर गर्दै पत्रकारिता मार्फत योगदान पुर्याएको मूल्यांकन स्वरूप भट्टराईलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
पत्रकारिताको माध्यमबाट समाजमा घटेका घटनाहरूलाई सत्य–तथ्य रूपमा उजागर गर्नुका साथै विशेष गरी सहकारी क्षेत्रको समग्र विकास, पारदर्शिता र सचेतनामा योगदान पुर्याएको उच्च मूल्याङ्कन गर्दै भट्टराईलाई सम्मान गरिएको संस्थाले जनाएको छ।
त्यसैगरी संस्थाले सोही अवसरमा प्रो ।मोहम्मद युनुस पुरस्कार, उत्कृष्ट उद्यमी पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, उत्कृष्ट कारोबार पुरस्कार अन्तर्गत सहकारीका सदस्यहरूलाई सम्मान सहित पुरस्कृत गरेको थियो।
साधारण सभामा सुन्दरहरैचा–१२ की वडा सदस्य निलम थापाको प्रमुख आतिथ्य रहेको थियो भने सेवा केन्द्र सहयोग समितिका संयोजक चिरञ्जीवी रेग्मीको सभापतित्व रहेको थियो। कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख कुसुम चुडालले गरेकी थिइन्।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












