ताजा समाचार

क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म रास्वपा समानुपातिक सूचीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले मध्यरातमा काठमाडौं महानगरपालिकामेयर बालेन्द्र शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीलाई समेटेर समानुपातिक सूची बुझाएको हो ।

सोमबार मात्रै दुवै समूहसँग एकता सकेपछि बुझाइएको सूचीमा कलाकार प्रकाश सपूतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसमेतलाई समेटिएको छ । यश सूचीमा बालेनका ४० जना र कुलमानको उज्यालो नेपालका १८ जनालाई राखिएको छ । अरू रास्वपाका छन् ।

यता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीच एकतापछि देश राजनीतिक माहोल अझ तरंगित भएको छ ।

वैकल्पिक राजनीतिको बिगुल २०७४ सालमै विवेकशील साझाले फुकेको थियो । तर त्यो पार्टी टिक्न नसकेपछि अब २०७९ यता वैकल्पिक धारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेको छ। विवेकशील पनि त्यसमै समाहित भइसकेको छ। कुलमान, बालेन्द्र र रविको एकता हुनुअघि नै देशको ठूलो शक्ति नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता भएको थियो। एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी अहिले संगठन विस्तार गर्ने र कार्यकर्ता बढाउने अभियानमा छ ।

यो पार्टीले सातै प्रदेशका विभिन्न सहरहरूमा एकता सन्देश सभासमेत गरिसकेको छ। एकतापछि अहिलेसम्मको अवस्थामा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डबीच खटपट देखिएको छैन । यस्तै यही आइतबार साँझ मधेशको राजनीतिका दुई शक्ति महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ।

एकीकरणपछि यी दुवै पार्टीले एउटै चुनाव चिह्नमा सहकार्य गर्ने सहमति जुटेको छ। गत वैशाखमा जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईले जसपा बनाए । जसपाबाट रेणु यादवसहित, प्रदीप यादव समूह उपेन्द्र यादवको जसपा नेपालमै फर्किएको छ । यसबारे सोमबार सहमति भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org