क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म रास्वपा समानुपातिक सूचीमा
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले मध्यरातमा काठमाडौं महानगरपालिकामेयर बालेन्द्र शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीलाई समेटेर समानुपातिक सूची बुझाएको हो ।
सोमबार मात्रै दुवै समूहसँग एकता सकेपछि बुझाइएको सूचीमा कलाकार प्रकाश सपूतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसमेतलाई समेटिएको छ । यश सूचीमा बालेनका ४० जना र कुलमानको उज्यालो नेपालका १८ जनालाई राखिएको छ । अरू रास्वपाका छन् ।
यता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीच एकतापछि देश राजनीतिक माहोल अझ तरंगित भएको छ ।
वैकल्पिक राजनीतिको बिगुल २०७४ सालमै विवेकशील साझाले फुकेको थियो । तर त्यो पार्टी टिक्न नसकेपछि अब २०७९ यता वैकल्पिक धारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेको छ। विवेकशील पनि त्यसमै समाहित भइसकेको छ। कुलमान, बालेन्द्र र रविको एकता हुनुअघि नै देशको ठूलो शक्ति नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता भएको थियो। एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी अहिले संगठन विस्तार गर्ने र कार्यकर्ता बढाउने अभियानमा छ ।
यो पार्टीले सातै प्रदेशका विभिन्न सहरहरूमा एकता सन्देश सभासमेत गरिसकेको छ। एकतापछि अहिलेसम्मको अवस्थामा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डबीच खटपट देखिएको छैन । यस्तै यही आइतबार साँझ मधेशको राजनीतिका दुई शक्ति महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ।
एकीकरणपछि यी दुवै पार्टीले एउटै चुनाव चिह्नमा सहकार्य गर्ने सहमति जुटेको छ। गत वैशाखमा जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईले जसपा बनाए । जसपाबाट रेणु यादवसहित, प्रदीप यादव समूह उपेन्द्र यादवको जसपा नेपालमै फर्किएको छ । यसबारे सोमबार सहमति भइसकेको छ।
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...












