ताजा समाचार

रास्वपाबाट समानुपातिक उम्मेद्वारको नाम फिर्ता लिने क्रम बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा समावेश व्यक्तिहरूले नाम फिर्ता लिने क्रम बढेको छ । नयाँ दलले पनि पुरानै दलहरुको शैलीमा चर्चित र प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिलाई समानुपातिकमा उम्मेदवार बनाएको भन्दै चौतर्फी आलोचनापछि नाम फिर्ता लिने क्रम बढेको हो ।

अहिलेसम्म बन्दसूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरिसक्नुभएको छ । प्रतिनिधिसभा चुनावको समानुपातिक बन्दसूचीमा समावेश कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिएमा सम्बन्धित दलले अर्को उम्मेदवार राख्न पाउनेछन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्को उम्मेदवार पठाउन पाउनेछ । आउँदो माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ । आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रुपमा अयोग्य रहेको भनी दाबीविरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । त्यसपछि भने सूची परिवर्तन हुनेछैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org