ताजा समाचार

सिंगटी हाईड्रो इनर्जीको हकप्रद शेयर निष्काशन हुने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतामा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारणसभाले चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

हकप्रद शेयर निष्काशनबाट संकलित रकम ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न उपयोग गरिने प्रबन्ध सञ्चालक खड्काले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org