अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
मिश्रले, इन्टरनेशनल बिजनेस एन्ड ट्रेड ल, समाजशास्त्र तथा मानवशास्त्र स्नातकोत्तर गरेकी छिन्।
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने भएकी छन्।
एमाले निकट मानिँदै आएकी अधिवक्ता मिश्रले पार्टीभित्र देश र जनताप्रति देखिएको गैरजिम्मेवारीका कारण आफू स्वतन्त्र रूपमा निर्वाचनमा होमिएको बताइन्। समाजशास्त्र, मानवशास्त्र र कानुनशास्त्रमा स्नातकोत्तर गरेकी मिश्र कैलाली जिल्लामा समाजसेवी तथा पत्रपत्रिकामा लेख लेख्ने लेखिका रूपमा पनि परिचित छिन्।
पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण नगरेको अवस्थालाई चुनौती दिँदै युवा पुस्ताले हस्तक्षेपमार्फत आफ्नै नेतृत्व स्थापित गर्नुपर्ने धारणा मिश्रको छ। सुदूरपश्चिमलाई गरिबीबाट मुक्त गर्ने, पछाडि परेको वर्गको उत्थान गर्ने, सुशासन कायम गर्न प्रभावकारी रणनीति बनाउने तथा छाउपडी, कमैया, कम्लहरीजस्ता कुप्रथालाई व्यवहारिक रूपमा अन्त्य गर्ने विषयलाई उनले प्रमुख चुनावी मुद्दा बनाउने बताइन्।
त्यस्तै, हिन्दु राष्ट्र कायम राख्ने, प्रदेश संरचना हटाउने र स्थानीय तहलाई थप सशक्त बनाउनु पर्ने धारणा पनि आफ्नो रहेको उल्लेख गर्दै ती विषयलाई समेत चुनावी एजेन्डाका रूपमा अघि सार्ने मिश्रले जानकारी दिइन्।
गहकिला लेख, कविता र गजलसमेत लेख्ने मिश्रलाई पत्रकारिता तथा साहित्यिक क्षेत्रमा ‘मञ्जु मिश्र रोशी’ नामले चिन्नेहरू पनि प्रशस्तै छन्।
घोडाघोडी नगरपालिका–१० की स्थायी बासिन्दा मिश्रले घोडाघोडी नगरपालिकाले ५१ विद्यालयका प्रधानाध्यापक फेरबदल गर्ने निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरी उक्त निर्णय फिर्ता गराउन सफल भएकी थिइन्।
इन्टरनेशनल बिजनेस एन्ड ट्रेड लमा स्नातकोत्तर गरेकी अधिवक्ता मिश्रले अन्तर्राष्ट्रिय व्यापार तथा वाणिज्य कानुनसम्बन्धी मुद्दामा विशेष चासो राख्दै आएकी छन्।
Comments
अरु समाचार
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...












