अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
मिश्रले, इन्टरनेशनल बिजनेस एन्ड ट्रेड ल, समाजशास्त्र तथा मानवशास्त्र स्नातकोत्तर गरेकी छिन्।
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने भएकी छन्।
एमाले निकट मानिँदै आएकी अधिवक्ता मिश्रले पार्टीभित्र देश र जनताप्रति देखिएको गैरजिम्मेवारीका कारण आफू स्वतन्त्र रूपमा निर्वाचनमा होमिएको बताइन्। समाजशास्त्र, मानवशास्त्र र कानुनशास्त्रमा स्नातकोत्तर गरेकी मिश्र कैलाली जिल्लामा समाजसेवी तथा पत्रपत्रिकामा लेख लेख्ने लेखिका रूपमा पनि परिचित छिन्।
पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण नगरेको अवस्थालाई चुनौती दिँदै युवा पुस्ताले हस्तक्षेपमार्फत आफ्नै नेतृत्व स्थापित गर्नुपर्ने धारणा मिश्रको छ। सुदूरपश्चिमलाई गरिबीबाट मुक्त गर्ने, पछाडि परेको वर्गको उत्थान गर्ने, सुशासन कायम गर्न प्रभावकारी रणनीति बनाउने तथा छाउपडी, कमैया, कम्लहरीजस्ता कुप्रथालाई व्यवहारिक रूपमा अन्त्य गर्ने विषयलाई उनले प्रमुख चुनावी मुद्दा बनाउने बताइन्।
त्यस्तै, हिन्दु राष्ट्र कायम राख्ने, प्रदेश संरचना हटाउने र स्थानीय तहलाई थप सशक्त बनाउनु पर्ने धारणा पनि आफ्नो रहेको उल्लेख गर्दै ती विषयलाई समेत चुनावी एजेन्डाका रूपमा अघि सार्ने मिश्रले जानकारी दिइन्।
गहकिला लेख, कविता र गजलसमेत लेख्ने मिश्रलाई पत्रकारिता तथा साहित्यिक क्षेत्रमा ‘मञ्जु मिश्र रोशी’ नामले चिन्नेहरू पनि प्रशस्तै छन्।
घोडाघोडी नगरपालिका–१० की स्थायी बासिन्दा मिश्रले घोडाघोडी नगरपालिकाले ५१ विद्यालयका प्रधानाध्यापक फेरबदल गर्ने निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरी उक्त निर्णय फिर्ता गराउन सफल भएकी थिइन्।
इन्टरनेशनल बिजनेस एन्ड ट्रेड लमा स्नातकोत्तर गरेकी अधिवक्ता मिश्रले अन्तर्राष्ट्रिय व्यापार तथा वाणिज्य कानुनसम्बन्धी मुद्दामा विशेष चासो राख्दै आएकी छन्।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...











